स्थानीय तह संचीत कोष व्यवस्थापन प्रणालीको प्रयोग सम्बन्धि तालिम लिबाङमा सम्पन्न

मालश्री अनलाइन, असार ५ गते रोल्पा । स्थानीय तह संचीत कोष व्यवस्थापन प्रणालीको प्रयोग सम्बन्धि ३ दिने तालिम आइतबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रमुख कोष नियन्त्रक रमेश घिमिरेको अध्यक्षतामा भएको तालीममा रोल्पा नगर पालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ति, जिल्ला प्रशासन कार्यलय रोल्पाका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, जिल्ला समन्वय अधिकारी बिक्रम पाण्डेको आतिथ्यता रहेको थियो ।

तालीममा रोल्पा जिल्ला स्थित स्थानिय तहका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख तथा योजना शाखाका कर्मचारीहरु, लेखा प्रमुख तथा लेखा शाखामा काम गर्ने कर्मचारी, कोष तथा लेखा नियन्त्रक कार्यलय रोल्पाका कर्मचारीहरुको सहगीता रहेको थियो । तालीममा वरिष्ठ प्रशिक्षकद्वय कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रमेश घिमिरे, रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, लेखापाल रमेश शर्मा र सिताराम पुनले तालिमको सहजिकरण गर्नु भएको कोष तथा लेखा नियन्त्रक कार्यलय रोल्पाका कोष नियन्त्रक हेमन्तराज आचार्यले जानकारी दिनुभयो ।

107 total views, 1 views today