परिवर्तन गाउँपालिकाले पत्रकारहरु वाट सुझाव माग्यो

मालश्री अनलाइन, असार ६ गते रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले पत्रकारहरुसंग राय तथा सुझाव संकलन कार्यक्रम गरेको छ ।

परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक निति, योजना तथा कार्यक्रम अन्तर्गत सोमबार पत्रकार हरु सगं सुझाव सकंलन गरेको हो । परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षमा भएको राय तथा सुझाब संकलन कार्यक्रममा परिवर्तन गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघका सचिव लोकेन्द्र चन्द, सदस्य बुद्धिमान वली, निवर्तमान उपाध्यक्ष देवी गुरुङ, रेडियो नेपाल प्रादेशिक प्रसारण रोल्पामा कार्यरत घनश्याम केसी, सगरमाथा टेलिभिजन रोल्पाका संवाददाता भरत नेपाली, कान्तिपुर टेलिभिजन रोल्पाका संवाददाता मिनराज रोका, रेडियो रोल्पामा कार्यरत सुभद्रा रेग्मी, जुनकीरी साप्ताहिक पत्रीकामा कार्यरत लालकुमारी केसी र रेडियो मालश्रीमा कार्यरत सुर्य प्रकाश बुढामगर लगाएत जिल्लामा क्रियाशील विभिन्न रेडियो तथा पत्रपत्रिकामा आवद्ध पत्रकारहरुको उपस्थिति रहेकोे थियो ।

परिवर्तन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको राय तथा सुझाव कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले गर्नुभएको थियो । उपस्थित पत्रकारहरुले कसरी पालिकालाई नमूना बनाउने, शिक्षा तथा स्वास्थ्यमा कसरी सुधार्न सकिन्छ, बजेट वितरण गर्दा सम्मान तरिकाले गर्न, चुनावमा घोषणा गरे अनुसार व्यावहारमा लागु गर्न, पर्यटनसँग जोडिएको ठाउँलाई थप विकास गर्न र संचार मैत्री गाउँपालिका बनाउन सुझाव दिएका थिए ।

परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले आफूले अपेक्षा मुलक राय तथा सुझाव पाएको बताउदै सबैको सुझावलाई मध्यनजर गरेर नीति, कार्यक्रम तथा बजेट ल्याउने बताउनुभयो । साथै जनताको प्रत्यक्ष जनस्तरसँग जोडिएका गाउँ मुखी, विकास र संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख कार्यक्रम ल्याउने समेत बताउनु भयो ।

अहिले परिवर्तन गाउँपालिकाले २०७९/०८० को नीति, कार्यक्रम तथा बजेटलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले परिवर्तन गाउँपालिकामा कार्यरत विषयगत प्रमुख तथा कर्मचारी, स्वास्थ्यका प्रमुख तथा कर्मचारी, शिक्षाका प्रमुख तथा कर्मचारीहरुसँग, कृषिका कृषक तथा विज्ञहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग र स्थानीय बुद्धिजीवीहरुसँग र व्यापारीहरुसँग लगाएतकाहरुसँग राय तथा सुझाव लिएको परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले बताउनुभयो । सबैको राय तथा सुझावहरुलाई सम्बोधन गर्ने गरि २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट आउँदो असार ९ गते बजेट सार्वजनिक हुने गाउँपालिकाले जनाएको छ ।

 

186 total views, 1 views today