रोल्पाको थबाङमा भूमे नाच सम्पन्न

मालश्री अनलाइन, असार ६ गते रोल्पा । रोल्पाको थबाङमा भुम्या पर्व सम्पन्न भएको छ । खाम मगरको सबैभन्दा ठूलो चाड भूम्या पर्व नाच अर्थात बल पुजाको सोमबार एक कार्यक्रम बीच सम्पन्न भएको थबाङ गाउँपालिकाले जनाएको दिएको छ ।

 

 

 

हरेक बर्षको जेठ मसान्तसम्म विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई बलपुजाको सुरु हुने गर्दछ हरेक बर्षको असार १ गते देखि ५ गतेसम्म खाम मगर जातिले मौलिक पोशाक पहिरिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा रहेको छ । कालो चोलीमा, रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह, ट्याम्की, छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच रोल्पाको विभिन्न ठाउँमा समेत भूमे नाच पर्व सम्पन्न भइसकेको छ । आदिबासी जनजातिहरुले मुख्यतःखाम मगर जातिले विषेश महत्त्वका साथ मनाउने बलपुजा अर्थात भूमि पुजाको यो पर्वले मगर समुदायका साथै अन्य जातजातिलाई पनि रमाइलो बनाउने विश्वास रहेको छ ।

मगर जातिले पृथ्वी अर्थात भूमिलाई आफ्नो मुख्य देवताको रूपमा मानेर पुज्ने चलन रहेको छ । भूमिको पुजा भएपछि देवता खुशी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र दुःखको नाश भई पृथ्वीबासी सबैमा खुशी आउने जनविश्वासका कारण सदियौं देखि भूमि पुजा गरेर देवतालाई खुशी गराउने गरेको खाम मगरका अग्रज नागरिकहरुको भनाइ रहेको छ ।

 

188 total views, 1 views today