रोल्पाको माडी गाउँपालिकामा झुण्डिएको अवस्थामा एक बालकको शव फेला

 

मालश्री अनलाइन, असार ६ गते रोल्पा । रोल्पाको माडि गाउँपालिकामा रुखमा झुण्डिएको अबस्थामा एक बालक मृत भेटिएका छन् । माडी गाउँपालिका वडा नं. ५ भावाङ वाङ्गमाका १३ बर्षीय जयराम वलीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको राकुको रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । ती बालक ५ गते साँझदेखि हराइरहेको र खोजतलास गर्दा सोमबार बिहान ८ः ३० बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेको वडा नं. ५ का वडा सदस्य रत्न बहादुर डाँगीले बताउनु भयो । अहिले मृतक बालकको शबलाइ पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।

942 total views, 2 views today