कणार्ली पद्रेशका प्रदेश प्रमुख परियार सँग पत्रकार भेटघाट सम्पन्न

मालश्री अनलाइन, असार ७ गते रोल्पा । कर्णाली पद्रेशका प्रदेश प्रमुख तिलक परियार रोल्पा आएको अवसरमा पत्रकार हरु सगं भेटघाट कार्यक्रम गरिएको छ । दलित पत्रकार संघ रोल्पा आयोजनमा मंगलबार रोल्पामा क्रियासील पत्रकारहरु सगं भेटघाट गरिएको आयोजक जानकारी दिएको छ । दलित सघं रोल्पाका अध्यक्ष भरत नेपालीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रमको प्रमुख अतिथिमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार रहनु भएको थियो भने विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका उप–प्रमूख कर्मलाल परियार रहनु भएको थियो ।

 

 

पत्रकार भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह वि क, नेपाल पत्रकार महासंघ रोल्पा अध्यक्ष नवीन लोचन मगर लगाएत विभिन्न सञ्चार माध्याममा क्रियासील पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आजको युग पछि फ्रर्कने युग नभएको हुदा आधुनिक युग संगै नया सोच, नया धारणा लिएर अगाडि बढ्नु पर्ने बताउनु भयो । यो देशमा राजनितिक परिर्बतन संचार क्षेत्रले गर्न सकेको बताँउदै अब समाजमा बिद्यमान रहेको जातिय छुवाछुट पुर्ण रुपमा अनत्य गर्न भुमिला खेलन समेत आग्रह गर्नु भएको थियो । देशको कुनै कानुनमा मात्र लेखेर मात्र नपुग्ने भएको हुनाले त्यलाई ब्याबहारमा लागु गरेर कार्यान्वयन र सबैले पालना गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो । अहिले पनि हाम्रो नेपाली समाजमा जातिय छुवाछुतको गहिरो नदि भएको उदाहरण दिंदै
नदि पारी दलित समुदाय र नदि वारी गैरदलित समुदाय भएको समेत बताउनु भयो । जब सम्म त्यो नदिमा पुल बनाएर सहज बनाउन सकिदैन तब सम्म समाजमा जातिय छुवाछुत, मात्र नभएर देश नै हरेक क्षेत्र बाट पछि पर्ने समेत प्रमुख परियारले बताउनु भएको थियो ।

119 total views, 2 views today