बैदेशिक रोजगारीमा जानेहरुको साहारा बन्दै (सामि) परियोजना

मालश्री अनलाइन, असार ७ गते रोल्पा । सुरक्षित आप्रबास (सामि) परियोजना रोल्पाले जिल्लामा पक्रियाशिल पत्रकारहरु सँग सुरक्षित बैदेशिक रोजगार सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम लिबाङ सम्पन्न भएको छ । स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक राजगारीमा जानै नै भए, सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔ भन्ने मुल नाराको साथमा अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ । बिकास सरोकार समाज डिकोस रोल्पाका उपाध्यक्ष कुम बहादुर पुनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा रोल्पा जिल्ला क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

 

अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत बिष्णु अ¥याल सुरक्षित आप्रबास (सामि) परियोजना रोल्पा जिल्लामा लागु हुनु भन्दा पहिलेको अबस्था र (सामि) परियोजना लागु भए पछि बैदेशिक रोजगारमा जानेहरुको र उनिहरुको घर परिवारको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । जुन ब्यक्तिले बैदेशिक रोजगारमा जानु पुर्ब ज्ञान सिप हासिल गरेर जान्छ र बैदेशिक रोजगार सम्बन्धि सबै खाले जानकारीहरु बुझेर जान्छ त्यस्तो ब्यतिले बैदेशिक रोजगारको क्रममा राम्रो कमाइ हुनुका साथै अन्य समस्यामा पनि नपरेको बताउनु भएको थियो । अहिले पनि बैदेशिक रोजगारमा जाने महिला कामदार र श्रीमान बिदेशमा गएका परिवार लाई हेर्ने दृष्तिकोण अझै पनि हाम्रो समाजमा सकारात्क हुन नस्दा थप बैदेशिक रोजगारीले जोनेहरु र तिनका परिवारले समाज बाट अपहेलना सहनु परेको समेत बताउनु भएको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगर , सस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेम बहादुर बुढा मगर, निर्बमान अध्यक्ष महेश न्यौपाने र स्वास्थ्यकर्मि तथा समाजसेबि कुल बहादुर डाँगी लगाएतले अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्नु भएको थियो । उँहाहरु मनतब्य राख्ने क्रममा बैदेशिक रोजगारमा जादा कसरी सुरक्षीत तरिकाले जान सकिन्छ । भरपर्दो मेनपावर कसरी छनोट गर्ने, सिप सिकेर गएमा के फाइदा हुन्छ भन्ने बारेमा सिकाउने भएको हुनाले कार्यक्रम प्रभाबकारी भएका समेत बताउनु भएको थियो । कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारमा जानेहरुको लागी बिदेश जानु पुर्ब के कस्ता कुराहरुमा ध्यान पर¥याएर जान सकिएमा आफु सुरक्षित रहन सकिन्छ र एजेन्ट बाट ठकिन कसरी बच्न सकिन्छ भन्ने कुरामो ज्ञान दिने भएको हुनाले परियोजनाले अत्यन्त महत्वपुर्ण काम गरी रोल्पालीहरुलाई ठगिन बाट बचाएको भन्दै परियोजनाको प्रसंसा समेत गरेका थिए । परियोजना थप दुई बर्ष थपिएको खुशि समेत ब्यत गरेका थिए । परियोजना सकिए पनि स्थानिय सरकारहरुले यस्तै प्रकारको योजना बनाई आफ्ना नागरीकलाई बैदेशिक रोजगारमा हुने ठगि बाट जोगाउनु पर्नेमा समेत स्थानिय सरकारलाई आग्रह गरेका थए । अहिले कति पय स्थानिय सरकारले यस्तो काम संघ सस्थाको मात्रै हो भनेर गैर जिम्मेवार बनेको मा दुःख समेत ब्यत गरेको थिए । सुरक्षित आप्रवासन सामि परियोजना रोल्पा जिल्लाको ४ पालीकाहरुमा लागु भएको छ । परियोजना लागु भएका पलिकाहरु रोल्पा नगरपालीका, सुनिल स्मृती गाँउपालीका, परिर्बतन गाँउपनलीका र रुन्टिगढी गाँउपालीकामा लागु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको संचालन परियोजनाका कार्यक्रम संयोजक सरद पोख्रेलले गर्नु भएको थियो ।

 

145 total views, 2 views today