जलजला बहुमखी क्याम्पसका प्रध्यापक र कर्मचारीहरुद्धारा आन्दोलनको कार्यक्रम सार्बजनिक

 

मालश्री अनलाइन, असार ७ गते रोल्पा । जलजला बहुमखी क्याम्पस लिबाङ रोल्पाका प्रध्यापकहरु र अन्य कर्मचारीहरुले सयुक्त रुपमा आन्दोलनको कार्यक्रम सार्बजनिक गरेका छन । रोल्पा जिल्लाको सदरमुकाममा रहेको जलजला बहुमुखी क्याम्पस मध्य पश्चिम विश्वविद्यालयमा समायोजन भएको पाँच वर्ष पुरा भैसक्दा पनी सोहि क्याम्पसमा आवश्यक भएका कर्मचारी र प्राध्यापकहरुलाई समयमै व्यवस्थापन नगरी कामचलाउ हिसाबमा क्याम्पसको शैक्षिक तथा प्रशासनीक गतिविधिहरु अगाडि बढाइरहेको भन्दै मंगलबार पत्रकार सम्मलेलन गरी एक प्रेस विज्ञप्ती मार्फत आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

 

 

क्याम्पस आंगिक भैसकेपछि केहि हद सम्म सुविधा जनक अवस्था सिर्जना भएता पनी गुणस्तरीयता अभिवृद्धि गर्न आवश्यक पर्ने पक्षहरुमा अझै कमि भएको र त्यसलाइ पटक–पटक माग गर्दा पनि कुनै औचित्यपुर्ण सुनुवाइ नभइरहेको र सोहि क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले पाउने कानुन बमोजिमको सविधालाइ समायोजनको मितिमै घुमाउरो कुट्निती प्रयोग गरी खाइपाई आएको सुविधा कटौति हुने गरी नियमावली परिर्वतनको व्यवस्था गरीएको र जसले गर्दा विभिन्न क्याम्पसहरुमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरुको सुविधा कटौति गरी मर्कामा पारिएकोले त्यसको असन्तुष्ट व्यक्त गर्दै प्रेस विज्ञप्ती सार्वजनिक गरेको हो ।

 

साथै आफ्ना मागहरु पूरा नभए सम्म निरन्तर रुपमा विरोधका कार्यक्रमहरु गर्ने समेत विज्ञप्तीम मार्फत जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, विश्वविद्यालयमा क्याम्पस समायोजन हुनु अघि देखि खाइपाइ आएको ग्रेडको निरन्तरता केन्द्रिय क्याम्पस र निकायहरु सरह उपलव्ध हुनु पर्ने, क्याम्पस समायोजन हुनु पुर्वको अस्थायी र करार सेवा विश्वविद्यालयको ऐन र नियमावलिमा उल्लेख भए बमोजिम कानून बमोजिम सेवा अवधि पूरा भएपछि सवै सुविधा पाउनु पर्ने गरी गणना हुनु पर्ने, विद्यार्थीले पाउने छात्रवृत्ति उपलव्ध गराउनु पर्ने लगाएतका मागहरु रहेका छन् । साथै आफ्ना मागहरु पुरा नभएमा असार ७ गते देखि एक हप्ता सम्म हातमा कालोपटी बाँधि प्राध्यापनको कार्यक्रम सुचारु राख्ने, दास्रो हप्ता सम्म कुनै पनी सुनुवाइ नभएको अवस्थामा पेन डाउन गरी प्राध्यापन सुचारु राख्ने, दोस्रो हप्ता पछि पनी सुनुवाइ नभए तेस्रो हप्ता देखि प्रशासन कक्षमा तालाबन्दी गरी प्राध्यापन र अन्य कार्य सुचारु राख्ने, त्यसपछी पनी सुनुवाइ नभए चौथो हप्ता देखि क्याम्पस प्रशासनको कुनै कार्यमा संलग्न नहुने तर प्रध्यापन सुचारु राख्ने र त्यस पश्चात पनि मागहरु पूरा नभएमा क्याम्पसमा तालावन्दी गर्ने र थप आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने प्रध्यापक तथा कर्मचारी हकहित सरोकार मञ्च रोल्पाका संयोजक कृष्णप्रसाद न्यौपाने लगाएत क्याम्पसमा प्राध्यापनरत प्रध्यापकहरुद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । आन्दोलन कार्यक्रम घोषनामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष कासीराम डाँगी, पुर्व अध्यक्ष खेम बुढा निर्वतमान अध्यक्ष महेश न्यौपाने, सचिव लोकेन्द्र चन्द, लगाएत बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत उपस्थित रहेको थियो ।

733 total views, 3 views today