परिवर्तन गाउँपालिकाले आ.व २०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट विनियोजन गर्दै

मालश्री अनलाइन, असार ८ गते रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले बिहीबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट गाउँ सभामा पेश गर्ने तयारी गरेको छ ।

केही दिन देखि परिवर्तन गाउँपालिकाले विभिन्न संघसंस्थाका प्रमुख तथा कर्मचारीहरुसँग राय तथा सुझाव संकलन गरेको थियो । सोहि राय तथा सुझावहरलाई मध्यनजर गर्दै नीति, कार्यक्रम तथा बजेट निर्माणमा गाउँपालिका लागेको र तयारी गरेको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भयो ।

साथै गाउँ सभामा बिहीबार नीति, कार्यक्रम तथा बजेट पेश हुने र पेश भएका विषय वस्तुमा उठेका प्रसंगमा बृहत रूपमा छलफल गरि असार १० गते अनुमोदन गरेर मात्र नीति, कार्यक्रम तथा बजेट गाउँ सभाबाट पास हुने परिवर्तन गाउँपालिका २ का वडाध्यक्ष तथा परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढामगरले बताउनु भयो ।

भोली हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थामा आवद्ध प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, वुद्धिजीवी लगाएतलाई सहभागीता भइदिनु हुनको लागी परिवर्तन गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले आग्रह गर्नु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा १ बमोजिम गाउँ सभा गर्न लागेको न्यौपानेको भनाइ रहेको छ ।

 

255 total views, 3 views today