किशोर किशोरी सञ्जालका सदस्यहरुका लागी पत्रकारीता तथा उद्घोषण तालीम आज देखि सुरु

मालश्री अनलाइन, असार ८ गते रोल्पा । किशोर किशोरी सञ्जालका सदस्यहरुका लागी पत्रकारीता तथा उद्घोषण तालीम आज देखि सुरु भएको छ ।

किशोरकिशोरी यनिमेटर सञ्जाल साहास नेपालको आयोजनामा बुधबार देखि सुलिस्मृति गाउँपालिका वडा नं. ४ सुलिचौरमा सुरु भएको हो । मर्यादित, शान्तीमय र आनन्दीत जिवनको लागी समुनन्त र न्यायीक समाज भन्ने उद्यश्यका साथ दिगो तथा मार्यदित सामाजिक आर्थिक शसक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत आज देखि सुरु भएको तालीम चार दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । तालिमको पहिलो दिन आज रेडियो मालश्रीका पत्रकार गणेश केसीले रेडियो पत्रकारीता कसरी गर्ने, उद्घोषण, रिर्पोटिङ, अन्तरर्वाता लगाएतका विषयमा सहभागीहरुलाई तिलामीम दिनु भएको आयोजकले जनाएको छ ।

तालिममा किशोरकिशोरी यनिमेटर सञ्जालका २१ जना किशोरी र ७ जना किशोर गरी २८ जनाको सहभागीता रहेको तालीममा सहभागी किशोरी किशोरी यनिमेटर सञ्जालका किशोर केवश विश्वकर्माले जानकारी दिनु भयो ।

142 total views, 2 views today