अपागंता भएका व्यक्तिहरुको सामाजिक समावेशिकरणका सवाल बिषयक अन्तरक्रिया सम्पन्न

मालश्री अनलाइन, असार ८ गते रोल्पा । अपागंता भएका व्यक्तिहरुको सामाजिक समावेशिकरणका सवाल बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

नेत्रहिन सघं रोल्पाको आयोजना, लुम्बिनि प्रदेश कानुन महिला वालवालीका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोग र बाल कल्याण नमुना माद्यामिक विद्यालयको समन्वयमा सम्पन्न भएको हो । नेत्रहिन सघ रोल्पाका अध्यक्ष चित्र बहादुर डागीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिका उप–प्रमुख गिता आचार्य रहनु भएको थियो भने बिशिष्ट अतिथिमा साहायक प्रमुख जिल्ला अधिकारी युव राज परियार र रोल्पा नगरपालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश डागि रहनु भएको थियो ।

कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि घनश्याम आचार्य, नेपाली काँग्रेस रोल्पाका उप–सभापती कविता उपाध्य, नेकपा माओबादी केन्द्र रोल्पा नगरपालिका सचिबव मोलङ घर्ति, नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, बाल कल्याण नमुना माविका सहायक प्रचार्य नारायण आचार्य, पत्रकार महासघं रोल्पाका सस्थापक अध्यक्ष काशीराम डागी, पुर्व अध्यक्ष खेम बुढा, निर्वतमान महेश न्यौपाने लगाएतको उपस्थीत रहेको थियो ।

श्रोत शिक्षक ओम सेनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा नेत्रहिन सघं रोल्पाका सचिव शिशिर डागीले गर्नु भएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले समाबेसिकरणका अपांगता भएका व्यक्तितहरु पाछाडि पारीएको हुदा उनिहरुलाइ राज्यको मलु प्रभाहमा ल्याउन पहल गर्नुपर्ने बताएका थिए ।

 

 

 

85 total views, 1 views today