रुपान्तरण सहजकर्ता हरुकालागि ८ दिने तालिम रोल्पाको लिबाङमा उद्धघाटन

मालश्री अनलाइन, असार ८ गते रोल्पा । रुपान्तरण सहजकर्ता हरुकालागि ८ दिने तालिम रोल्पाको सदरमुकाम लिबाङमा उद्धघाटन गरिएको छ ।

माहुरीहोमको आयोजना, युएन.एफपिएको आर्थिक सहयोग, भिएसओको साझेदारीमा रुपान्तरण कक्षा सम्बन्धी तालीमको बुधबार एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो । माहुरी होमका कोषध्यक्ष ओम प्रकाश त्रिपाटीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ति थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा नगरपालीका उप–प्रमुख गिता आचार्य रहनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका निमित्त प्रमुख सिताराम बुढाथोकि, युएन.एफपीए रोल्पाका संयोजक केदार राणा मगर, नेपाल पत्रकार महाँसघ रोल्पाका अध्यक्ष नविन लोचन मगर लगाएत रहनु भएको थियो ।

वालविवाह न्यूनिकरणकालागि किशोरी शसक्तिकरण कार्यक्रम परीयोजना लिएर माहुरी होमले रोल्पा जिल्लामा रहेको सुनिलस्मृती गाउँपालिका, परीर्वतन गाउँपालिका, रुण्टीगढी गाउँपालिका, र रोल्पा नगरपालिका गरी ४ वटा पालिकाको २० वटा समुहमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाइ अँझ फलदाइ परिणम मुखि बनाउनका लागि पहिले तालिम लिएका सोहि सहज कर्ताहरुलाइ दोस्रो पटक तालिम दिन लागेको आयोजकले जनाएको छ । आजको उद्धघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र घर्ति थापाले रुपान्तरणकै खातिर जनयूद सुरुभएको र आफु परीवर्तन गर्नकै खातिर जनयुद्धमा हुम्मीएको बताउदै अब पनि रुपान्तरणका खातिर हातेमालो गर्दै जाने र सरकारको निति नियम लागु गर्न जोड गर्ने बताउनु भयो ।

साथै रुपान्तरणको सम्बाहक तपाइहरु भन्दै रुपान्तरण गर्नमा रुपान्तरण सहजकर्ता हरुको ठुलो भुमिका रहनेमा हुने समेत बताउनु भयो । रोल्पामा बालविवाह ठुलो समस्याको रुपमा रहेको हुदा यसलाई न्यूनिकरण गर्न सबै सरोकारवाला, सरकारी निकाय, लगाएतले आ–आफ्नो ठाँउबाट लागी पर्नुपर्ने नगर उप–प्रमुख गिता आचार्यल जोड दिनु भयो । रुपान्तरण सहजकर्ता सर्मिला सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन माहुरी होमका जिल्ला सुपरभाइजर लोकेन्द्र सेनले गर्नु भएको थियो । रुपान्तरण सहजकर्ता हरुकालागि ८ दिने तालिम प्रशिक्षक विन्दु बराल रगिता वलीले दिनुहुने छ ।

 

 

 

175 total views, 6 views today