सुनिलस्मृति गाउँपालिकाको आ.व २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

मालश्री अनलाइन, असार ८ गते रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बजेट सार्वजनिक गर्दै बेरोजगार युवालाई कृषिमा आधारित उद्योग खोल्नमा प्रोत्साहन गर्ने बताउनु भयो । साथै परम्परागत रुपमा उत्पादन गरिदै आएका रैथाने कृषि वाली र प्रजातीको संरक्षण र प्रवर्द्धन गरिने समेत बताउनु भयो ।

त्यस्तै “घरघरमा करेशावारी, नागरिक स्वस्थ जिवनभरी कार्यक्रम सञ्चालन गरिने बताउदै त्यसका लागि तरकारी विउविजन वितरण कार्यक्रम सञ्चालन गरिनेछ । समेत जनाईको छ । यसका साथै कृषि पर्यटनलाई आकर्षण गर्न सुन्तला, आँप, केरा, घ्यू, मह, माछा प्रबर्द्धनमा जोड दिइने भनिएको छ ।

जनतासंगै वडा कार्यक्रम सञ्चालन गरिने र जस अन्तर्गत वडाका ५० घरधुरीलाई टोल विकास संस्था गठन गरी टोल विकास संस्थालाई स्थानीय स्तरको विकासमा आवश्यक कानूनको निर्माण गरि परिचालन गरिने अध्यक्ष गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकीले बताउनु भयो । प्रत्येक टोल विकास संस्था मध्ये उत्कृष्ट कार्य गर्ने संस्थालाई रु २५००० नगद सम्मान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कृषि र कृषि सम्बन्धी उत्पादन तथा वातावरणीय लाभको सम्भावनाको पहिचान गर्न समग्र वस्तुस्थिति खुल्ने गरी विद्युतीय भौगर्विक नक्साकंनको कार्य आउदो वर्षनै सुरुवात गरिने आजको निति तथा कार्यक्रममा भनिएको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँपालिका अध्यक्ष वुढाथोकिले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रम गाउँसभा सदस्यहरु द्धारा सर्वसम्मत रुपमा पारीत भएको सुनिलस्मृति गाउँपालिकाले जानकारी दिएको छ ।

 

 

219 total views, 2 views today