डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका डाक्टर बोगटीको सुझाब

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका एम.डि.जि.पि. डाक्टर रणबहादुर बोगटीले सुझाब दिनु भएको छ । रोल्पा नगरपालिकाले बिहिबार सदरमुकाम लिबाङमा सरोकारवालाहरु सँग डेंगु नियन्त्रणको लागी गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर बागटीले यस्तो कुरा बताउनु भएको हो ।

सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रमलाई सहजिकरण गर्दै डाक्टर बागटीले डेंगु संक्रमण बाट मानिसको ज्यानै जान सक्ने भएको हुनाले सबै यस बाट बच्नको लागी सर्तक रहनु पर्ने बताउनु भएको हो । यो रोग लामखुट्टेको टोकाई बाट सर्ने भएको हुनाले लामखुट्टेको टोकाई बाट बच्नु नै यो रोग बाट बच्ने उत्तम उपाय भएको बताउनु भयो ।

सबैले आफ्नो घर वरपर सरसफाई गर्ने गमला, फालिएको टायर आदिमा पानी जम्न नदिने खाल्डा खुल्डि भएमा पुरिदिने, झुलको प्रयोग गरेर सुत्ने, सकभर पुरा बाहुला भएको कपडा लगाउने र लामखुट्टे भगाउने धुप वा लिक्यूट प्रयोग गर्न सकेमा पनि धेरै हद सम्म डेंगु बाट बच्न सकिने भएको हुनाले सबैले यस्तो कार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । डेंगु संक्रमन भएमा अत्याधिक ज्वरो आउने, बान्ता हुने, पेट दुख्ने, आँखाको गेडी दुख्ने, थकान धेरै हुने, शरिरको कुनै पनि भाग बाट रगत आउने, शरिर सुन्निने लगाएको लक्षण देखिन सक्ने समेत डाक्टर बागटीले बताउनु भएको हो ।

यसको समयमा उपचार नगरेमा कलेजो, मृगौला आदिमा समस्या देखा पर्ने र बिरामिको ज्यानै जान सक्ने समेत बताउनु भएको थियो । डेंगुको कुनै पनि लक्षण देखिएमा तत्काल स्वास्थ्यकर्मि वा चिकित्सको सम्पर्कमा आँउनु पर्ने सुझाब दिनु भएको थियो । यस्तो अबस्थामा धेरै पानी पिउनु पर्ने र प्रसस्त मात्रामा झोलिलो खाने कुरा सेवन गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो । रोल्पामा पनि डेंगु संक्रमित बिरामिहरु भेटिएको हुनाले सबै सजग हुनुपर्ने समेत बताउनु भएको थियो ।

रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिती रोल्पाका उप—प्रमुख कर्मलाल परियार रहनु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि, सबै सुरक्षा निकायका प्रमुख प्रतिनिधीहरु ,पत्रकार, नगरपालिका भित्र रहेका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण रोल्पा नगरपालिका स्वास्थ्य शाखा संयोजक टंक कवरले गर्नु भएको थियो ।

111 total views, 2 views today