महिलाले गर्न सक्दैनन् भन्ने पुरुषबादी सोचको अन्त्य गर्न नेतृत्वमा आएको छु – सेक्रेटरी घर्ती

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । महिलाले गर्न सक्दैनन् भन्ने पुरुषबादी सोचको अन्त्य गरेर देखाउने नेकपाका रोल्पाका सेक्रेटरी सम्झना घर्तीले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले जिल्ला सेक्रेटरीमा चयन गरे पछि रेडियो मालश्रीलाई प्रतिकृया दिदै उहाले उक्त कुरा बताउनु भएको हो । रोल्पाको राजनितीक इतिहासमा महिलाले जिल्लाको नेतृत्व गरेको यो पहिलो भएकाले अन्य दलहरुले पनि महिलाहरुलाई नेतृत्व दिनेमा आफु आशावादी भएको उहाले बताउनु भएको छ । देशकै कुनै पनि पार्टीमा महिलाले गर्न सक्छन भन्ने भावना नभएकाले आफुले रोल्पाबाट पार्टी हितका लागि केही गरेर देखाउने प्रण समेत गर्नु भएको छ । १४ वर्षको उमेर बाटै राजनितीक यात्रामा प्रवेश गरेकी घर्ती रोल्पा जिल्ला सेक्रेटरीमा सर्वसम्मत चयन हुनु भएको छ ।

कक्षा ६ मा पढ्दै गर्दा विद्यार्थि राजनिती बाट सुरु गरेको यात्रा कलाकार हुदै महिला संघ संगठनको नेतृत्व गर्दै नेकपाको केन्द्रिय सदस्य समेत भएको आफ्नो राजनितीक यात्रा अब रोल्पाको पार्टी हाँक्नका लागि माग भएको प्रतिकृया दिनु भएको छ । पार्टीको आदेश, कार्यकर्ताको भरोषाका कारण आफु नेतृत्वमा आएको बताउदै श्रमीक, शोसित, पिडित जनताको पक्षमा काम गरि सबैको प्रिया पार्टी बनाउनमा आफुले भुमिका खेल्ने घर्तीले बतनउनु भएको छ । २ जना पछी थप्नेगरी बनेको ५५ जनाको जिल्ला समितीले १७ सदस्यिय जिल्ला सल्लाकार समिती र ४ सदस्यिय विशेष कमिटी समेत निर्माण गरेको छ ।

 

गठित समितीलाई सकृया बनाउदै १० वर्षका्े युद्धमा श्रमीक, उत्पीडित, सामाजिक असमानताका लागि लडेको तर उपलब्धि पुरानै ब्यवस्थामा बिलय भएकाले नेपालमा नया राजनितीक कोर्षको निती जनतालाई बुझायर, नया रानितीक व्यवस्था किन आवश्यक छ भन्ने बारेमा जनतामा बृहत अन्तरकृया, छलफल गरि पार्टीलाई मजबुद बनाएर लैजाने उहाको प्रतिवद्धता रहेको छ । अनियमितता, भ्रष्टचार, शोसनको प्रदाफास गर्दै जनताको विचमा रहेर दलाल, पुुजिँवादी र राष्ट्र घातीहरुलाई पराष्ट गर्दै राजनितीमा नया आयाम थप्ने उहाको भनाई छ । रोल्पाको थबाङ घर भएकी घर्तीको राजनितीक यात्रा ३३ वर्ष सम्म निरन्तर अगाडि बढिरहेकाले आफु जहिले पनि उत्पिडित जनताको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

 

441 total views, 4 views today