निमार्ण उपभोत्ता समितीहरुको सहजताका लागि तालिम गर्दै छाँै – पराजुली

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । रोल्पा नगरपालिकाले उपभोत्ता समितीहरुका लागि अभिमुखिकरण तालिम दिन लागेको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पाराजुलिले बताउनु भएको छ । योजना निमार्ण उपभोत्ता समितीहरुको सहजताका लागि तालिमको आयोजना गर्न लागेको उहाको भनाई छ । तोकिएकै समयमा सम्वन्धित स्थानमै योजना सम्पादन कसरी गर्ने, योजना सम्पन्न गर्नका लागि के–के कुरामा ध्यान दिनु पर्छ, योजना सम्पन्न भइ सके पछि भुत्तानीका लागि प्रकृया के छन लगाएतका विषयमा अभिमुखिकरण गरिने रोल्पा नगरपालिकाले जनाएको छ ।

 

आर्थिक बर्ष २०७९÷०८० मा रोल्पा न.पा.बाट संचालन हुने योजनाका लागि विभिन्न उपभोकता समिति समेत गठन भइ सकेका छन । समितीका ति पदाधिकारीहरुलाई वडामै पुगेर योजना संचालन सम्बन्धि १ दिने अभिमुखिकरण तालिम दिइने पराजुलिको भनाई छ । दुइ वटा टोलि बनाएर ५ दिन सम्म विभिन्न वडामा पुग्ने पालिकाको योजना छ । तलिम असोज ४ गते बाट सुरु भएर ८ गते सम्म संचालन हुने छ । रोल्पा नगरपालिकाको वडा नं. ९ र १० मा असोज ४ गते, १ र २ मा ५ गते, वडा नं. ३ र ५ मा असोज ६ गते, ६ र ४ मा ७ गते त्यस्तै ७ र ८ मा ८ गते अभिमुखिकरण तालिम संचालन गरिने छ ।

 

तालिम विहान ११ बजेदेखि दिउसो ४ बजे सम्म संचालन गरिने रोल्पा नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । अभिमुखिकरण तालिममा आयोजना सम्झौता देखि संचालन कसरी गर्ने, योजना सम्पादन पश्चात भुत्तानिका लागि आवश्यक पर्ने कागजात, पु¥याउनु पर्ने प्रकृयाका बारेमा समेत जानकारी दिइने नगरपालिकाको भनाई छ । योजना सम्पादनका लागि अभिमुखिकरण पश्चात योजना सम्झौताको काम समेत अगाडि बढाइने भएकाले तोकिएको दिन, तोकिएको समयमा, तोकिएकै स्थानमा निमार्ण उपभोत्ता समितीका पदाधिकारीहरु अनिवार्य उपस्थित हुन समेत प्रमुख प्रशासकिय अधिकृत पराजुलीले आग्रह गर्नु भएको छ ।

371 total views, 4 views today