अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा – घर्ती चयन

मालश्री अनलाइन, भाद्र ३१, रोल्पा । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिको अध्यक्षमा केशर बहादुर घर्ती चयन हुनुभएको छ । शुक्रबार रोल्पाको होलेरीमा सम्पन्न गाउँपालिका स्तरीय प्रथम सम्मेलनले घर्तीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नर्ब गठित संगठनको बरिष्ठ उपाध्यक्षमा गोपीराम डाँगी, महिला उपाध्यक्षमा शुशिला बुढाथोकी, सचिबमा बालाराम केसी र कोषध्यक्षमा बिना महरा रहनुभएको रेखा मगरले जानकारी दिनुभएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिका अध्यक्ष केशर बहादुर घर्तीको अध्यक्षता तथा संगठनका रोल्पा जिल्ला ईन्चार्ज मधुसुदन पोख्रेलको प्रमुख आतिथ्यता एबम एकिकृत नेकपा माओबादी केन्द्रका रुन्टीगढी गाउँपालिका ईन्चार्ज जगत बहादुर घर्तीको बिशिष्ट आतिथ्यमा सम्मेलको उद्घाटन गरिएको थियो ।

सम्मेलन उद्घाटन सत्रमो संगठनका लुम्बिनी प्रदेश महिला उपाध्यक्ष कल्पना सुबेदी, प्रदेश सदस्य निम बहादुर केसी, हरिबहादुर खत्री, रोल्पा जिल्ला सहसचित्र जीतबहादुर वली लगाएतको आतिथ्यता रहेको थियो । यस्तै सम्मेलनमा नेपाल शिक्षक महासँघ रोल्पाका जिल्ला सदस्य बामदेब अधिकारी र जुपिटर कुवरको पनि सहभागिता रहेको बताईएको छ । संगठनका गाउँपालिका कार्यसमिति सदस्य कुलप्रसाद झाक्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य विष्णु कुमारी घर्ती मगरले गर्नुभएको बताइएको छ ।

374 total views, 4 views today