विद्यार्थीहरुमा विज्ञान प्रति रुची बढाउनुपर्ने विज्ञान शिक्षक समाज रोल्पाका अध्यक्ष बस्नेतको भनाई

मालश्री अनलाइन, असाेज १, रोल्पा ।

विद्यार्थीहरुमा वैज्ञानिक खोज, चिन्तन, अन्वेषण र विज्ञान प्रति रुची बढाउनुपर्ने विज्ञान शिक्षक समाज रोल्पाका अध्यक्ष मानबहादुर बस्नेतले बताउनु भएको छ ।
१० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो । विज्ञानलाई जिवन र जगत संग जोड्दै प्रयोगात्मक मुखी बनाउदै वैज्ञानिक आविस्कारमा अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
“विज्ञान र प्रबिधिमा लगानी बिस्तारः समुन्नति र समृद्धिको आधार” भन्ने नारा सहित सुक्रबार विज्ञान शिक्षक समाज नेपाल रोल्पाले विज्ञान हाजिरी जवाफ प्रतियोगिता गरि मनाएको छ ।


विज्ञान शिक्षक समाज नेपाल रोल्पाको आयोजना र त्रिवेणी गाउँपालिकाको समन्वयमा गाउँपालिकाको सभाहलमा सुक्रबार कार्यक्रम भएको विज्ञान शिक्षक समाज नेपाल रोल्पाले जानकारी दिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा १० वटा विद्यालय सहभागी भएका थिए । जनकल्याण मा.वी. सिमपानी प्रथम, जनजागृती नमुना मा.वी. जुगार दित्तिय, बिरेन्द्र मा.वी. गाङ तृत्तिय र सरस्वती मा. वी. लङदुङ सान्तोना भएको थियो ।

विज्ञान शिक्षक समाज नेपाल रोल्पाका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमबहादुर के.सी.को प्रमुख आथित्यता रहेको थियो । बिशिष्ट अतिथीमा त्रिवेणी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष कृष्णबहादुर के.सी. रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख बिज्ञ नारायण भट्टराइ, विषय बिज्ञ खेमराज तिवारीको आथित्यता रहेको विज्ञान शिक्षक समाज नेपाल रोल्पाले जानकारी दिएको हो । अतिथीहरुमा शिक्षक महासंघ त्रिवेणी गाउँपालिकाका अध्यक्ष पुर्णबहादुर घर्ति, लगायत बिभिन्न विद्यालयका प्रधानाअध्यापक, शिक्षक, विद्यार्थीको उपस्थीत रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमबहादुर के.सी.ले विज्ञान शिक्षक समाजले गरेको काम प्रशसागर्न योग्य रहेको र गाउँपालिकाले अगामी दिनमा विज्ञान शिक्षक समाजलाई आर्थिक, भौतिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण गिर्दल डाँगीले गर्नुभएको थियो ।

 

414 total views, 3 views today