राप्ती इञ्जिनियरिङ कलेजमा विज्ञान दिवस सम्पन्न

मालश्री अनलाइन,  असोज १, रोल्पा । राप्ती इञ्जिनियरिङ कलेजमा राप्ती अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा एक समारोहका बीच विज्ञान दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदय बहादुर डाँगीले विश्वमा विज्ञानको इतिहास, नेपालमा विज्ञानको इतिहास र नेपालमा हालसम्म विज्ञानसंग भएका उपलब्धीहरुको बारेमा वताउँदै व्यत्तिको सर्वार्णिङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने र विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए । विभिन्न किसिमका मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रमका सभाअध्यक्ष, राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विज्ञानले नयाँ नयाँ अनुसन्धानको कार्य गर्ने र ती कार्यहरु तथ्यपरक हुने बताए । कोरा तथ्यहीन कुरालाई विज्ञानले विश्वास नगर्ने बताए । कसै कसैले विज्ञानलाई गलत तरिकाले प्रयोग गर्ने गरेकोमा त्यसलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्ने बताए । विश्वका हरेक मुलुक विज्ञानकै कारणले विकसित भएकोले हामी सबैले पनि विज्ञानले गरेको नवीतम कार्यलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । डा. गिरीले मान्छेले आफ्नो दृष्ट्रिकोणलाई सकारात्मक दिशातिर बोध गरी हरेक किसिमका हुने अन्वेषण तथा प्रविधिलाई सहि सदुपयोग गरी व्यक्ति, समाज, प्रदेश र राष्ट्रको विकासमा सहि प्रयोग गर्नु पर्नेमा जोड दिए ।


त्यसै गरी कार्यक्रमका अतिथि पूर्व विद्यायिका सीता वि क ले विज्ञानको विकासले गर्दा हाल विभिन्न किसिमका सेवा तथा सुविधाहरुलाई हामीले सही तरिकाले प्रयो गर्न सके मात्र विज्ञानलाई सार्थकतामा परिणत गर्न सकिनेमा जोड दिए । साथै उहांले जस्तो सुकै कार्यहरु गर्दा विज्ञानले दिएको उपलब्धीलाई सबैले ठिक प्रयोजनको लागि प्रयोग गरेर व्यक्तित्व विकास लगायत अन्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए ।
विज्ञान दिवसको अवसरमा भएको कार्यक्रममा कलेजका एकेडेमिक कोर्डिनेटर ई. बाबुराम जोशी, प्रशासकिय प्रमुख धनेश्वर चौधरी, प्रभारी उदय डाँगी, शुसिला आचार्य लगायतको सहभागिता रहेको थियो उक्त कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन बैद्यले गरेका थिए ।

 

347 total views, 5 views today