अविरल वर्षा सँगै आएको हावा हुरीका कारण सुनिलस्मृती ५ लगाएत जिल्ला भर मकै बालीमा ठुलो क्षेती

 

मालश्री अनलाइन,  असोज १, रोल्पा । केहि दिन देखि परेको अविरल वर्षाद सँगै आएको हावा हुरीका कारण सुनिल स्मृती गाँउपालिका वडा न. ५ को सालाबाङ, बुत्रिबास लगाएतका बिभिन्न स्थानमा लगाएको मकै बालिमा ठुलो क्षेति पु¥याएको छ । यसरी भित्राउन ठिक्क भएको मकै बारिमै पानी र हावाहुरीको कारण क्षेति भए पछि कृषकहरु चिन्तित भएको त्यँहा बाट जय प्रकाश घर्ति क्षेत्रीले जानकारी दिनु भएको छ ।

कृषकहरुको मुख्य बालीको रुपमा रहेको मकै बालीमा यसरी क्षेति पुग्दा आफुहरुको छ महिनाको परिश्रम त्यतिकै खेर जाने भन्दै स्थानिय कृषकहरु मनोज घर्ति क्षेत्री, टिकाराम घर्ति क्षेत्री र नर बहादुर श्रेष्टले दुःख ब्यक्त गर्नु भयो । आफुहरुको बर्ष दिन भरि खाने बाली भित्राउने समयमा बर्षाद र हावाहुरीका कारण मकै बालीमा ठुलो क्षेति पुग्दा, आफुहरु अब के खाने भनेर साह्ै चिन्तित भएको कृषकहरुले गुनासो पोख्नु भयो । स्थानिय सरकारले कृषकहरुलाई क्षेतिपुर्ति दिन नसके पनि केहि राहत दिएमा आफुहरुलाई केहि सहज हुने कृषकको भनाई रहेको छ ।

पछिल्लो समय हावाहुरी सहित आएको अबिरल बर्षादको कारणले रोल्पा जिल्ला भरका थुप्रै स्थानमा लगाएको मकै बालीमा ठुलै छेटि पु¥याएको जानकारी पाप्त भएको छ । उता यसरी मकै बाली भित्राउने समयमा लगातार बषार्द हुदा मकैको घोगाको टुप्पो बाट पानी पसेर मकैमा धुसि देखिने र मकै कुहिन सक्ने कृषि ज्ञानकेन्द्र रोल्पाका कृषि प्राबिधिक एंव सुचना अधिकारी प्रबिन चौधरीले बताउनु भएको छ । पाकेर भित्राउन ठिक्क पारेको अवस्थामा लगातार बर्षाद भएमा कमै बालीमा चिस्यान बढी भएर भण्डारणको लागी समस्या हुने सुचना अधिकारी प्रबिन चौधरीले बताउनु भयो । मकैमा चिस्यान बढी भएमा मकै चाढै उम्रन सक्छ ।

कुनै पनि बाली पाकि सके पछि राम्रो सँग घाममा सुकाएर चिस्यानको मात्रा कम गर्न सकेमा भडारण गर्न ,बिउ बनाउन र खानको लागी राम्रो मान्न सकिने बताउनु भयो । तर धान बाली र तरकारी बालीको लागी भने यो बर्षादले कृषकलाई फाइदा पुग्ने बताउनु भयो । आकाश बाट परेको पानीमा नाइट्रोजनको मात्रा पाइने भएको हुनाले पनि धान बाली र तरकारीलाई फाइर्दा हुने बताउनु भयो । यति खेर धान पसाउने समय भएको छ, यस्तो बेलामा पानी पर्दा धान बालीलाई निकै फाईदा पुग्छ थप्नु भयो, तराइमा भए तरकारीको लागी लगातार पानी पर्दा बारीमा पानी जमेर तरकारीलाई असर गथ्यो, तर पहाडमा पानी नजम्ने भएको हुनाले तरकारी बालीलाई पनि यो बर्षाद राम्रो हुने सुचना अधिकारी प्रबिन चौधरीले बताउनु भयो । तमाटर खेतिको लागी भने यसरी लगातार पानी पर्नु राम्रो नहुने कुरा समेत बताउनु भयो । यति खेर रोल्पा जिल्लाको पुर्बी क्षेत्र सुनिल स्मृती गाँउपालिका, लुङ्ग्री गाँउपालिका, सुनछहरी गाँउपालिका र रोल्पा नगरपालिकाको अधिकांस भूभागमा कृषकहरुले उत्पादन गरेको मकै बाली भित्राउने अबस्थामा पुगेको छ ।

539 total views, 5 views today