शक्तिको आडमा बिद्यालयमा बजेट बिनियोनज गरिएको भन्दै बिद्यार्थि संगठनद्धारा बिज्ञप्ती सार्बजनिक

 

मालश्री अनलाइन,  असोज १, रोल्पा । अनेरास्वबियु र अखिल क्रान्तिकारी रोल्पाले शुक्रबार सयुक्त रुपमा एक बिज्ञप्ती सार्बजनिक गरेका बिरोध जनाएका छन् । भाद्र २९ गते राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाको बिभिन्न बिद्यालयमा चारकोठे भवन, दुई कोठे भवन र आई.सि.टि. ल्याब निर्माणका लागी भनेर छुट्याइएको बजेतमा चरम शतिको दुरुपयोग भएको भन्दै बिज्ञप्ती मार्फत बिरोध जनाएको अनेरास्वबियु रोल्पाका अध्यक्ष झलक बुढामगरले जानकारी दिनुभएको छ ।

नगरपालिका र गाँउपालिका अन्तर्गतको शिक्षा शाखाहरुले स्थलगत रुपमा सुक्ष्म अध्ययन गरी अत्याधि जिर्ण अवस्था र अति आवश्यकता भएका बिद्यालयहरुलाई प्राथमिकरण गरी शिक्षा बिकास तथा समन्वय इकाई रोल्पा मार्फत प्रस्तावना र प्रतिवेदन पठाइएको भए पनि त्यो सिफारिसलाई बेवास्था गर्दै, नितान्त राजनैतिक पुर्वाग्रह र आसन्न निर्वाचनमा भोट प्रभावित पार्ने गरी मनोमानी ढंगले आवश्यकता भन्दा बाहिर गई सत्ता शक्ति र पहँुचको आधारमा बजेट बिनियोजन गरिएको भन्दै बिरोध जनाइएको छ ।

 

 

अनेरास्ववियु रोल्पाका अध्यक्ष झलक बुढामगर र अखिल (क्रान्तिकारी) रोल्पाका अध्यक्ष हरिबहादुर वलीद्धारा सयुक्त रुपमा हस्ताक्षेरित बिज्ञप्तीमा भनिएको छ । त्याग समर्पण र बीरताको गर्बिल इतिहास निर्माण गर्दै राष्ट्रिय स्वाधिनको पक्षमा भ्रष्टचार, असमानता, शैक्षिक माफिया, महँगी कमिशनखोर र दलालीको बर्खिलापमा आफनो आवाजहरु बुलन्द गर्दै निरन्तर संघर्ष गर्दै हजारौ बिद्यार्थिहरुको आशा र भरोसा बनेको संगठनहरु अनेरास्ववियू र अखिल क्रान्तिकारी रोल्पा खास समयमा उल्लेखित समस्याको समाधारका लागि संयुक्त रुपमा आन्दोलनको आधिबेरी सिर्जना आइरहेको व्यहोरा सर्वबिदितै छ ।

 

यसै सन्र्दभमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक बिद्यालयहरुका लागि शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, शिक्षा तथा मानव बिकास केन्द्रले मिति २०७९ भाद्र २९ गतेका दिन बिद्यालयको चारकोठे भवन, दुई कोठे भवन, आई.सि.टि. ल्याब निर्माण शिर्षकमा बजेट बिनियोजन भएका बिद्यालयहरुले नाम प्रकाशन गरेको छ । यसरी प्रकाशित बिद्यालयहरुको नाममा धेरै जसो ठाउँबाट सामाजिक सञ्जाल मार्फत असन्तुष्टीहरु प्रटक भएका छन र प्रत्येक पालिका अन्तर्गतका शिक्षा शाखाहरुले स्थलगत रुपमा सुक्ष्म अध्ययन गरी अत्याधि जिर्ण अवस्था र अति आवश्यकता भएका बिद्यालयहरुलाई प्राथमिकरण १, २, ३, ४ गरी शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय रोल्पा मार्फत प्रस्तावना र प्रतिवेदन पठाइएको तर पालिकाहरु र शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय रोल्पाको सिफारिसलाई बेवस्ता गर्दै नितान्त राजनैतिक पुर्वाग्रह र आसन्न निर्वाचनमा भोट प्रभावित पार्ने गरी मनोमानी ढंगले आवश्यकता भन्दा बाहिर गई सत्ता शक्ति र पहँुचको आधारमा गरिएको बजेट बिनियोजन प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

 

साथै त्यस प्रकारको कु कार्य प्रति हामी घोर भत्सर्ना गर्दछौ र उक्त कार्य सच्याउनका लागि सम्बन्धित पक्षलाई अनुरोध गर्दछौं । हामी बिकास बिरोधी कदापी पनि होइनौं र हामी हाम्रो संगठनको तर्फबाट प्रत्येक बिद्यालयमा अनुशिलन गर्दछौै । र आवश्यकता भन्दा बाहिर गई सत्ता शक्ति र पहुँचको आधारमा छनोट गरिएको भेटिएको खण्डमा राज्यको बजेटलाई कदापी दुरुपयोग गर्न नदिने समेत चेतावनी दिन चाहान्छौं । त्यसबाट उत्पन्न हुने पस्थिति प्रति हाम्रो संगठन जिम्मेवार नहुने व्यहोरा यसै बिज्ञप्तीमा मार्फत जानकारी गराउन चाहान्छौं भनिएको छ ।

 

489 total views, 4 views today