स्वाबलम्बन लघुबित्त रोल्पाको २ दिने केन्द्र प्रमुख गोष्ठी सम्पन्न

मालश्री अनलाइन,  असोज २, रोल्पा । स्वाबलम्बन लघुबित्त रोल्पाले कोरोना पोजेटिभ तथा कोरोनाको कारणले अस्पताल भर्ना भएका सदस्यलाई रकम उपलब्ध गराएको छ । स्वाबलम्बन लघुबित्त रोल्पाको २ दिने केन्द्र प्रमुख गोष्ठी कार्यक्रममा रोल्पा नगरपालिका सुरेन्द्र घर्ति थापाले रकम हस्तान्तरण गर्नु भएको हो । तीन चरणमागरि रोल्पा शाखा कार्यालयले ७० जना सदस्यहरू लाई ३ लाख ८ हजार ३० रुपैया प्रदान गरेको छ ।

स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय रोल्पाको भदौ ३१ र असोज १ गते भएको गोष्ठीमा रोल्पा नगरपालिका प्रमुख सुुरेन्द्र घर्ति थापाको प्रमुुख आथित्यतामा रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले कर्जा कारोबार गर्दा साहु मार्हजन सँग नगरी बैक तथा वित्तीय संस्थाबाट कारोबार गर्न सुुझाब दिनुभयो ।

कार्यक्रममा कार्यालय प्रमुख बिकाश विष्टले संस्थाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक र सामाजिक बिकासमा ठुलो योगदान पुर्याएको बताउदै, आगामी दिनहरुमा अझ कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजान केन्द्र प्रमुखको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

स्वावलम्बन लघुबित्त रोल्पाका कार्यालय कर्मचारी दिनेश शर्माले केन्द्रमा के–के काम गर्नु पर्दछ, एउटा असल केन्द्रमा हुुनुपर्ने गुणहरुको विषयमा व्यापक छलफल गरी सम्पुर्ण केन्द्र प्रमुखहरु आफ्नो काम कर्तव्य प्रति पुर्ण जिम्मेवार हुन पनि सुझाव दिनुभयो । यसैगरी कार्यलयका कर्मचारी अरुण अधिकारीले महत्व तथा लघुकर्जा विमाको बारेमा स्पस्ट पार्नु भएको थियो ।

आर्थिक बर्ष २०७९÷८० मा रोल्पा नगरपालिका ३ मा रहेको खुङ्ग स्वाबलम्बन महिला केन्द्र पहिलो, रोल्पा नगरपालिका २ मा रहेको लालिगुराँस स्वाबलम्बन महिला केन्द्र दोस्रो र रोल्पा नगरपालिका ६ मा रहेको कोपिला स्वाबलम्बन महिला केन्द्र तेस्रो भएको थियो । पहिलो हुने महिला केन्द्रलाई रु. ५ हजार, दोस्रो हुनेलाई रु ४ हजार, र तेस्रो हुने केन्द्रलाई ३ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ ।
शुक्रवार र शनिवार भएको गोष्ठीमा संस्थाको उदेश्य, बचत तथा कर्जाको बिषयमा प्रष्ट पारिऐको थियो । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको विशेषता बारेमा सदस्यहरुलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा रोल्पा नगरपालिका वडा नं ४ का वडा सदस्य टिकाराम शर्मा लगायत सम्पुुर्ण केन्द्रका, केन्द प्रमुुखको उपस्थीती रहेको स्वाबलम्बन लघुबित्त रोल्पाका शाखा प्रबन्धक बिकाश बिष्टले जानकारी दिनुभयो ।

586 total views, 5 views today