समाज

अपायक स्थानमा केन्द्र तोकेकोमा विरोध प्रदर्शन

रोल्पा, चैत ७ । रोल्पाको त्रिवेणी गाउँपालिकाको केन्द्र अपायक पर्ने स्थानमा तोकीएको विरोधमा स्थानीयले जिल्ला समन्वय समितिको कार्यालय अगाडी विरोध प्रदर्शन गरेका छन् । त्रिवेणी गाउँपालिकाको केन्द्र त्रिवेणीमै तोकिनुपर्ने भएता पनि जुगारमा तोकिएको विरोधमा नुवागाउँ, करेटी र गैरिगाउँका स्थानीयले आज जिल्ला समन्वय समितिको कार्यालय अगाडी....

लुङ्ग्री गाउँपालिकाको गुम्चाल पूर्ण खोपयुक्त

रोल्पा, चैत ६ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप वडा गाउँपालिका हाम्रो प्रतिबद्धता“ भन्ने मुल नाराका साथ रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–६ गुम्चाललाई शनिवार पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । उक्त वडामा १२ देखि २३ महिना का जम्मा १२७ जना बालबालिकाहरुले खोपको....

होलेरी प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा रावत

रोल्पा, चैत ५ । प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको सञ्चालक समितिको अध्यक्षमा तेजविक्रम रावत मनोनित हुनुभएको छ । नेपाल सरकारको गत फागुन ५ गते बसेको मन्त्री स्तरीय वैठकले रावतलाई अध्यक्षमा मनोनित गरेको हो । दुबिडाँडा निवासी रावत लामो समयदेखी समाज सेवामा सक्रिय रहदै आउनु भएको छ....

प्रहरीको नेतृत्वमा नेर्पा बजारमा सरसफाई

रोल्पा, चैत ५ । त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगारको नेर्पा बजारमा शनिवार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । प्रहरी चौकी जुँगारका इन्चार्ज प्रहरी नायब निरीक्षक रुद्रबहादुर शाहको नेतृत्वमा स्थानीय बजारबासीहरुको सहभागितामा बजार सरसफाई गरिएको हो । बजारमा जम्मा भएको फोहोर जलाइएको छ ।....

असन्तुष्टहरुको अवरोधकाबीच जुँगारमा बोर्ड टासियो

रोल्पा, चैत ५ । त्रिवेणी गाउँपालिकाको केन्द्र जुँगार भएको भन्दै असन्तुष्ट नुवागाउँ, करेटी लगायतका स्थानीयको अवरोधकाबीच पनि शुक्रवार त्रिवेणी गाउँपालिकाको बोर्ड साविकको जुँगार गाविसको कार्यालयमा टासिएको छ । गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतको अनुपस्थितमा पनि जुँगारका स्थानीयले गाउँपालिकाको बोर्ड टासी अनौपचारिक कार्यक्रम समेत सम्पन्न गरेका छन्....

रोल्पा नगरपालिकाको कार्यकारी अधिकृतमा थापा

रोल्पा, चैत ५ । सरकारले रोल्पा नगरपालिकाको कार्यकारी अधिकृतमा कमानसिङ थापामगरलाई खटाएको छ । सरकारले देशभरका पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका....

रोल्पाका स्वास्थ्य चौकीमा ३७ अनमीको पदपूर्ति

रोल्पा, चैत ४ । लोक सेवा आयोग तुलसीपुरबाट सिफारिश भएका ३७ जना अनमीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा सिफारिश गरेको छ । आयोगबाट स्थायी भएर आउने ३७ जना मध्ये १८ जना रोल्पाली नै रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । ति....

केन्द्र जुँगारमा भएको विरोधमा स्थानीयले कर्मचारी नियन्त्रणमा लिए

रोल्पा, चैत ४ । स्थानीय तह पुनःसंरचना गर्दा सिफारिश गरिएको नुवागाउँ केन्द्र नभएको भन्दै त्रिवेणी गाउँपालिकाको कार्यालय उद्घाटन गर्न जुँगार गइरहेका कर्मचारीहरुलाई नुवागाउँका स्थानीयले बुढागाउँबाट नियन्त्रणमा लिएका छन् । शुक्रवार साविकको जुगार गाविसको कार्यालयमा क्रिवेणी गाउँपालिकाको कार्यालय उद्घाटन गर्न गइरहेका निमित्त कार्यकारी अधिकृत कम्मन गिरी....

को–को तोकिए गाउँपालिकामा अधिकृत हेर्नुहोस पूर्ण विवरण

रोल्पा, चैत ४ । सरकारले देशभरका सबै स्थानीय तहहरुमा कार्यकारी अधिकृत तोकेको छ । यसअघि जिल्ला समन्वय समितिले सरकारले अर्काे व्यवस्था नगरेसम्म साविककै गाविस सचिवहरु मध्ये वरिष्ठताका आधारमा केहि समयका लागि कर्मचारी खटाएको थियो । सरकारले नयाँ कार्यकारी अधिकृतहरु खटाएसँगै रोल्पाका गाउँपालिकाहरुमा पनि नयाँ कार्यकारी....

जुँगारमा एसईई परीक्षा शान्तिपूर्ण

रोल्पा, चैत ३ । माध्यामिक शिक्षा परीक्षा (एसईई) रोल्पाको जुँगारमा पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको थियो । यसअघि एसएलसी परीक्षा भनिने कक्षा १० को परीक्षा यस वर्षदेखि एसईईको रुपमा सुरु भएको हो । ७....