रोल्पाको सेरम, फुलिबन नमुना बस्ती पहिरोले दुई घर बगायो

मालश्री अन्लाइन, ५ भाद्र ।  रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमको फुलिबन नमुना बस्ती पहिरोले दुई घर बगाएको छ । गएराती गएको पहिरोले मानवीय क्षति भने भएको छैन । स्थानीय रणबहादुर घर्तीमगर र तेकमला घर्तीको घर पहिरोले बगाएको छ भने दुई वटा घरमा आंशिक क्षति पुर्याएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सुर्यलाल गुरुङले जानकारी दिनु भएको छ । उहाका अनुसार ५ घर उच्च जोखिममा रहेको छ । आंशिक क्षति हुनेमा गजमा घर्ती र मनपुरा घर्ती, दिलबहादुर घर्ती ,चिमा घर्ती ,धनमाला घर्ती बिजयी घर्ती र दलबहादुर घर्तीको घर जोखिममा रहेको इन्चार्ज गुरुङले जानकारी दिनु भएको छन् । गाउँपालिकाले आज पहोरो प्रभावित परिवारलाई केही खादन्य सामाग्रीहरु वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनु भयो।पीडितहरुको क्षति पुर्तिको लागि तत्काल प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय र गाउँपालिका विपद व्यवस्थापन समितिमा पहल गर्ने बताउनु भयो । पहिरो बाट विस्थापित ४ घरलाई गैर खाध सामाग्री हस्तान्तरणको क्रममा वडा नम्बर १ सेरमका अध्यक्ष महाबिर रानाले भन्नू भयो “ पुर्ण क्षति भएको घरका सामाग्री लगाएर जोखिम घरका सामाग्री र जोखिम भएको घरमा मानिसहरु नबस्न अनुरोध गरिएको छ । विस्थापित परिवारलाई बस्नको व्यवस्था मिलाने काम भैरहेको बताइएको छ ।

 

 

 

आर्थिक वर्षमा२०७६÷२०७७ मा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा फुलिबन बस्तिका ४० घर परिवारलाई स्थानान्तरण गरि नमुना बस्तिको रुपमा बिकास गर्दै गर्दा नमुना बस्तीनै पहिरोले बगाए पछि निकै दुखित भएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनु भयो। साथै उहाले भन्नू भयो पहिरो पीडितहरुको राहतको लागि तत्कालै मुचुल्क बनाई अगाडि बढाउने र गाउँपालिकाले आवश्यक बसोबासको प्रबन्ध मिलाउनुको साथै पुर्नबासको लागि प्रक्रिया अगाडि बढाइने बताउनु भयो।

 

 

 

चार घर परिवार वडा नम्बर १ सेरमका अध्यक्ष महाबिर रानामगरको पहलमा स्थानीयहरु सुरक्षीत घरहरुमा बस्नको लागि व्यवस्था मिलाइएको छ । सुरक्षीत मानिएको स्थान रोजेर घर बनाईएको थियो । घर बनाउदा ऋण लागेको र अहिलेसम्म पनि तिर्न नसकेको ऋण भन्दा पहिले घर नै पहिरोले बगाइदिदा दुखि भएको तेकमला घर्तीमगरले बताउनु भयो उहाले भन्नू भयो घर बनाएको ऋण अझै तिरेको छैन घर पहिरोले बगाइ दियो। झनै ऋण थपिएको छ । साथै पहिरोले गर्दा सेरम,उवा लगाएत थबाङ जाने मोटरबाटो समेत अवरुद्ध भएको छ ।

 

 

 

382 total views, 4 views today