नेपाल कला साहित्य डक प्रतिस्ठानद्वारा शनिबार आयोजित सिर्जना उत्वस कार्यक्रम सम्बन्धि सरोकारवाला निकाय बिच छलफल

मालश्री अन्लाइन, ९ कात्तिक  । नेपाल कला साहित्य डट कम प्रतिस्ठानको आयोजना र ललित साहित्य परिषद् रोल्पाको सह आयोजनामा शनिबार लिबाङमा आयोजित सिर्जना उत्वस कार्यक्रमको तयारी सम्बन्धि आज सरोकारवाला निकाय बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त प्रतिस्ठानको नियमित कार्यक्रम अन्तर्गत यस वर्षको कार्यक्रम रोल्पा जिल्लामा आयोजना हुँदै छ ।

प्रतिस्ठानद्वारा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको सल्लाहकार एवम् डी।बी।टुहुरो नेपाली कला साहित्य डट कम प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानद्वारा स्थापित ‘योगेश्वर वाङ्मय पुरस्कार—२०७८’ बाट रु २५ हजार र नेपाली कला साहित्य डट कम प्रतिष्ठानका लागि नेपाली कलासंस्कृति प्रेमी प्रा।डा। ग्रेगरी जी। मस्कारिनेकद्वारा स्थापित ‘ग्रेगरी कलासंस्कृति पुरस्कार—२०७८’बाट रु २० हजार पुरस्कारबाट सोही निद पुरस्कृत हुँदै हुुनुहुन्छ । सोही दिन कविता, मयुर नाच, राष्ट्रियतासँग सम्बन्धित नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको ललित साहित्य परिषद् रोल्पाका उपाध्यक्ष नविन लोचन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आयोजक र सह–आयोजकको तर्फबाट सक्रिय भुमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो । यस अघि प्रतिस्ठानले योगेश्वर वाङ्मय पुरस्कार क्रमश स्रष्टाहरू डा। कृष्णराज डी। सी, अमर गिरी, कृष्ण्भूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा र डा। मधुसुदन गिरी पुरस्कृत भइसक्नुभएको छ भने ग्रेगरी कलासंस्कृति पुरस्कारबाट क्रमश शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई र मनोहर लामिछाने पुरस्कृत गरि सकेको छ । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर डाँगी लगायत सरकोरवाला निकायहरुको सहभागी रहेको थियो ।

217 total views, 2 views today