लिबाङ बजारमा ट्राफिक नियम बारे जानकारी मुलक बोर्डहरु राखिने

मालश्री अन्लाइन, ९ कात्तिक  । रोल्पाको सदरमुकाम लिबाङमा सवारी आवागमनलाई थप प्रभाकारी बनाउन र दुरघर्टना न्यूनिकरण गर्नको लागी ट्राफिक जानकारी जानकारी मुलक बोर्डहरु राखिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको अग्रसरतामा र सदरमुकाम लिबाङमा रहेका बिभिन्न बैंक र बित्तीय संस्थाहरुको सहयोगमा उक्त बोर्डहरु राख्न लागीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख बिक्रम बिकले जानकारी दिनु भएको छ ।

 

सदरमुकाम लिबाङ बजार क्षेत्रमा सवारी आवागमनलाई प्रभावकारी बनाउनको लागी साना सवारी साधन पार्किङ तथा मोटरसाईकल पार्किङका लागी ट्राफिक आदेशमुलक, जानकारी मुलक बोर्डहरु बजारको बिभिन्न क्षेत्रमा राख्न लागीएको छ । सदरमुकाम लिबाङमा रहेका नेपाल बैंक लिमिटेड, कृर्षि बिकास बैङ लिमिटेड, ग्लोबल आई. एम. ई. बैङ लिमिटेड र प्रभु बैङ लिमिटेड को सौजन्य स्वरुप सहयोमा बोर्डहरु राखिने भएको हो । अब बजार क्षेत्रमा यसरी ट्राफिक नियम सम्बन्धी जानकारी दिने बोर्डहरु राखिने भएपछि दुरघर्टना कम हुने , जाम नहुने र अब्यबस्थित पार्किङ हुने  समस्याको केहि हदसम्म भए पनि कम भएर जाने केहि बजार बासिहरुको प्रतिकृया रहेको छ ।

280 total views, 2 views today